मकवानपुर । पछिल्लो २४ घण्टामा थप ३ हजार १४० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७ हजार ९ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसअघि मंगलबारसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ रहेको थियो।
यसैगरी पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ८९ पुगेको छ।
यस्तै नेपालमा थप १ हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। याे सँगै अहिलेसम्म नेपालमा २ लाख २६ हजार २६ जनामा संक्रमण पुष्टि भइसकेको मन्यालयले जनाएकाे छ ।