मकवानपुर । काेराेना भाइरसकाे संक्रमण जोखिममा संघीय सरकारले गरेकाे लकडाउन तथा स्थानीय प्रशासनले लगाएकाे पटक पटककाे निषेधाज्ञाकाे कारण ८ महिना देखि बन्द रहेका हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालयहरु नियिमत खुल्ने भएका छन् । मंगलबारकाे शिक्षा समितिको बैठकले मंसिर ११ गतेबाट विद्यालय खोल्ने निर्णय गरेकाे हेटौंडा उपमहानगरपालिकाकाले जानकारी दिएकाे छ ।
नेपाल सरकारले तयार पारेको विद्यालय सञ्चालन कार्यढाँचा अनुसार विद्यालय खोल्ने निर्णय गरिएको हो । सरकारले तोके अनुसारको स्वास्थ्य सावधानी मापदण्ड पूर्ण रुपमा पालना गरेर बिद्यालय खोलिने र मापदण्ड पालना भए नभएको नगर शिक्षा समिति र वडा शिक्षा समितिले अनुगमन गर्ने भएको छ । कोरोना त्रासका कारण घरमै बस्नुपरेका हजारौ बालबालिका अव भने विद्यालय जान पाउने भएका छन् ।
काराेनाकाे कारण सरकारले पटक पटक वैकल्पिक शिक्षा मार्फत अध्ययन अध्यापन गराउन निर्देशिका जारी गरेकाे भए पनि शहरी क्षेत्रका सिमित विद्यालय र प्रविधिमा पहुँच पुगेका विद्यार्थीले मात्र त्यसकाे उपयाेग गरेकाेले अधिकांश विद्यार्थी पहुँच वाहिर थिए । कतिपय विद्यालयले गृहकार्य मात्र दिएर पनि सिकाइ अगाडी बढाएका थिए । केही विद्यालयले १–२ घण्टा विद्यालय सञ्चालन गरेर निरन्तरता दिएका थिए । हेटाैडा नगर क्षेत्र सहित मकवानपुर जिल्लाका केही विद्यालयले गत आइतबारबाटै सूरक्षाकाे मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेकाे पाइएकाे छ । आइतबारबाट विद्यालय सञ्चालन हुने भएकाेले साेही अनुसार विद्यार्थीलाइ उपस्थित हुन सूचना समेत जारी गरेर विद्यालय खाेलेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको कार्यढाँचा तथा कार्यविधि २०७७ मा विद्यालय सञ्चालन गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई दिने उल्लेख छ । यही व्यवस्थालाई अँगाल्दै विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा कार्यान्वयन गर्न गराउन सम्बन्धित जिल्लास्थित सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई कतिपय स्थानीय तहले सूचना जारी गरिसकेका छन् । केही स्थानीय तह विद्यालय खुलाउने तयारीमा जुटेका छन् । विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिएकाे भएता पनि अहिलेकै अवस्थामा काेराेनाकाे जाेखिम कायम रहेका कतिपय जिल्लाका विद्यालय खोल्नसक्ने अवस्थामा रहेकाे देखिदैन । मकवानपुरमा काेराेनाकाे संक्रमण र जाेखिम कायम मै रहेकाे छ ।

कोरोना महामारी सुरु भएपश्चात विगत ८ महिनादेखि बन्द विद्यालय खोल्ने तयारीमा लागेका स्थानीय तह र विद्यालयले यतिबेला विद्यालय खोल्नुअघि र खोलेपछि आउनसक्ने समस्याको बारेमा गम्भीर हुनु जरुरी देखिन्छ । कोरोना संक्रमणको डर अझैं हटेको अवस्था छैन । अभिभावकहरु सरकारको यस व्यवस्थापनप्रति ढुक्क हुन नसकिरहेको अवस्था छ । सरकारले तयार गरेको पूर्वाधार भरपर्दो छ र आफ्ना बालबालिकालाई विद्यालय पठाउनु सुरक्षित छ भन्नेमा अभिभावकहरु विश्वस्त हुन नसकेकाे अवस्थामा विद्यालय पूर्ण रूपमा सञ्चालन हुन सक्ने देखिदैन ।
विद्यार्थी विद्यालय नजाने, गए पनि नियमित नहुने, अभिभावकले नै जाेखिम माेलेर विद्यालय नपठाउने लगायतका समस्या आउन सक्ने सिद्धार्थ माध्यामिक विद्यालय हेटाैडाका अभिभावक निरञ्जन विष्ट वताउँछन् । आफ्ना छाेरा छाेरीलाइ विद्यालय पठाएर लामाे समय भीडभाडमा राखी जाेखिम माेल्नु भन्दा सक्ने र सुविधा हुनेले अनलाइन कक्षा मार्फत र पहुँच नहुने र नसक्नेहरूकाे लागि साप्ताहिक गृर्हकार्य दिनु नै उपयुक्त हुने उनी बताउँछन् । शैक्षिक सत्रकाे अवकाे ४ महिनामा थारै समय थाैरै विद्यार्थी राखेर आलाेपालाे कक्षा सञ्चालन गरे मात्र आफ्नाे छाेराछाेरी स्कुल पठाउन तयार रहेकाे एक अभिभावक बताउँछन् ।

कोरोना संक्रमणको समयमा कतिपय विद्यालयले अनलाइनमार्फत कक्षा सञ्चालन गरिरहेका छन् । तर अनलाइनमार्फत कक्षा सञ्चालन गर्नका लागि सबै विद्यालयमा पूर्वाधार नहुँदा र सवै विद्यार्थीकाे पहुँच नपुग्दा यस विकल्पलाई प्रभावकारी रूपमा लागू गर्न नसकिएकाे शिक्षाविद् बताउँछन् । त्यसैले विभिन्न वैकल्पिक उपायहरु अवलम्बन गर्दै मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्नुपर्ने देखिएकोले सरकारले विद्यालय सञ्चालन कार्यढाँचा तथा कार्यविधि ल्याएकाे हाे ।
कार्यढाँचाअनुसार विद्यालयले सुरक्षाका लागि फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवतजावत गर्नसक्ने कक्षाकोठा लगायतका पूर्वाधार, स्वास्थ्य तथा सरसफाइका लागि साबुन, पानी, सेनिटाइजर तथा विद्यालयमा आउनेहरूका लागि तापक्रम लिने व्यवस्था गर्ने, अनिवार्य मास्क लगाउने र खाजा व्यवस्थापन गर्ने गरी व्यवस्था गर्नुपर्नेछ ।
विद्यालय जाँदा , विद्यालयमा रहँदा, विद्यालयबाट घर फर्किदा एवं घरमा पुगेपछि पालना गर्नुपर्ने आचारसंहिता शिक्षक र विद्यार्थीहरुको सहभागितासमेत गराई तयार गर्ने, यसरी तयार भएको आचारसंहिता सरोकारवाला सबैले अनिवार्य रुपमा पालना गर्ने व्यवस्था मिलाउने र विद्यालयले तयार गरेको आचारसंहिता तथा छनौट गरेको उपयुक्त प्रयोग गर्ने विकल्प स्थानीय तहको सम्बन्धित निकायमा पेश गर्ने गरि निर्देशन भएको छ ।
स्थानीय तहले विद्यालय सञ्चालनका लागि केही विकल्पहरु पनि दिएका छन् । सबै कक्षा र विद्यार्थीलाई एकै समयमा सञ्चालन गर्ने, अलग अलग सिफ्टमा अलग अलग कक्षा वा तह सञ्चालन गर्ने, विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधी घण्टी छोट्याउने, अवस्था हेरी तल्लो तहका कक्षा पहिले वा माथिल्लो तहका कक्षा पहिले जोखिम र सहजता हेरी कक्षा सञ्चालन गर्ने, कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरु कक्षा सञ्चालन हुनेगरी पालैपालो कक्षा सञ्चालन गर्ने, कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थी अर्को दिन वा सिफ्टमा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने, हप्तामा केही दिन वा दिनमा केही घण्टा सञ्चालन गर्नेलगायत विकल्पहरु छन् ।

केही दुर्गम जिल्लाहरुमा रहेका कतिपय स्थानीय तहले महामारीकैबिच केही साता अगाडी विद्यालय खोलेपछि मन्त्रालयले बाध्य भएर कार्यढाचा तयार गरेको हो । हुम्लालगायत केही स्थानीय तहले कोरोना महामारीकैबिच विद्यालय खोलेका थिए । ती स्थानीय तहमा कोरोना संक्रमण पुनः बढ्न थालेपछि विद्यालय बन्द भएका थिए । विद्यालय खोल्नु त्यति महत्वपूर्ण विषय होइन, तर विद्यालयमा आएका विद्यार्थीलाई संक्रमण हुनबाट कसरी बचाउने भन्ने कुरा महत्वपूर्ण हो ।
कार्यढाँचालाई आत्मसात गरी विद्यालय खोल्दा सबै विद्यालयले सावधानी अपनाउनु जरुरी छ । सरोकारवाला सबैले कोरोना महामारीको जोखिम ध्यान नराखी विद्यालय सञ्चालन गरेमा विद्यालय कोभिड सर्ने थलोको रुपमा परिणत हुनसक्ने जोखिम देखिन्छ ।