मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ९० जना कारेाना संक्रमित थपिएका छन्। महिला ७ सय २१ जना र पुरुष १ हजार ६९ जना कोरोनाभाइरस संक्रमण पुष्टि भए देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार थपिएका संक्रमितमा प्रदेश १ मा २ सय ४९ जना , प्रदेश २ मा ३७ जना , बागमती प्रदेशमा १ हजार ७८ जना , गण्डकी प्रदेशमा १ सय ४८ जना , कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा ७६ जना रहेका छन् । यस्तै काठमाडौं उपत्यकामा ९ सय ४७ संक्रमित थपिएका छन् । संक्रमितमा महिला ४ सय १० र पुरुष ५ सय ३७ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९१ जना संक्रमणमुक्त भएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । वितेकाे २४ घण्टामा २४ जनाको ज्यान समेत गएको छ ।
यसै गरी काेराेना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको मन्त्रालयले जनाएकाे छ । हाल देशभर सक्रिय संक्रमित १७ हजार ८ सय ५९ रहेका छन् भने निको हुने दर ९१ प्रतिशत रहेको छ । यस्तै देशभर मृत्यु हुनेको कुल संख्या १ हजार ३ सय ६१ जना पुगेकाे छ । क्वारेन्टिनमा ६२७ जना रहेका छन् ।
यसै गरी मकवानपुरमा मकवानपुरमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको ५६ जनाको स्वाब परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा ९ जना हेटौंडा उपमहानगरपालिका र १ जना मनहरी गाउँपालिकाका रहेका हेटाैडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भाेला चाैलागाइले बताए ।
