मकवानपुर । मकवानपुरकाे मनहरीबाट प्रहरीले ४६ किलाे गाँजा सहित १ जना पक्राउ गरेकाे छ ।
मंशिर ७ गते आइतबार राती ९:४५ बजेको समयमा मनहरी गाउँपालिका वडा नं.८ सिम्पानीबाट कैलाश गाँउपालिका ७ का २३ बर्षिय तिर्थराज चेपाङकाे साथबाट उक्त परिणाममा गाँजा बरामद गरी पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए ।
मनहरी ८ स्थीत पुर्व पश्चिमलोक मार्ग सडक खण्डमा कालो झोला बोकी जमिनमा जेव्रा झोला र प्लास्टीकको बोराको पोकाहरु लिई शंकास्पद अवस्थामा बसिरहेको देखि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको टोलिले निजको शरीर तथा निजले बोकेको झोला बोराको पोकाहरु चेक गर्दा लागु औषध गाँजा ४६ किलो फेला परेकाे रानाले जानकारी दिए । पक्राउ परेका चेपाङलाई आवश्यक अनुसन्धान भईरहेको बताइएकाे छ ।