मकवानपुर । पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९१ हजार २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि विहीबारसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ रहेको थियो। नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ९८ पुगेको छ।
यस्ताै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३ सय ४० नमुना परीक्षण गर्दा २ हजार ७ सय ४० महिला र १ हजार २ सय ५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको मन्त्रालयले जानकारी दिएकाे छ ।
यसै गरी मकवानपुरमा सक्रिय संक्रमितको संख्या ४ सय ८० पुगेको हो । जसमा ४ सय ७२ जना घरमै होम आइसोलेसन र ८ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरका अनुसार जिल्लामा हालसम्म ३ हजार ४ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएकामा हालसम्म २ हजार ९ सय २६ जना संक्रमण मुक्त भएका छन् । जिल्लामा हालसम्म २९ जना कोरोना संक्रमणको २९ जनाले ज्यान गुमाएका छन् ।
शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ की ६४ वर्षीया वृद्वाकाे काेराेनाकाे कारण मृत्यु भए सँगै हेटौंडामा कोरोनाको कारण २२ जनाको मृत्यु भएको छ भने जिल्लामा मृत्यु हुनेकाे संख्षा २९ पुगेकाे हाे । जिल्लाकाे थाहा नगरपालिका,मनहरी र बकैया गाँउपालिकाका २/२ जना संक्रमितको मृत्यु भएको छ । यसैगरी बागमती गाउँपालिकाका एक संक्रमितको मृत्यु भएको छ ।