मकवानपुर । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सचिवालय बैठक सकिएको छ।
बुधवार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पुनः १० दिनपछि बस्ने गरी निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि छलफल गर्न बुधबारलाई बैठक तय भएको थियो ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार अध्यक्ष ओलीको प्रस्ताव समेतलाई ध्यानमा राखेर सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ । आगामी १३ गते ओलीले प्रस्ताव पेस गरेपछि सचिवालयमा सबै प्रस्तावमाथि छलफल हुनेछ ।
यस्तै मंशिर १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।