मकवानपुर । हाल नेपालमा बाग्मती प्रदेश र पश्चिमका प्रदेशहरुमा पश्चिमी वायुको प्रभाव रहेको देखिएकाेले देशका अधिकांश भागमा आंशिक र सामान्य माैसम वदली भइ थाेरै स्थानहरूमा वर्षा र हिमपात भइरहेकाे जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान विभागले जनाएकाे छ ।
हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश , गण्डकी प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा/हिमपात भईरहेको र प्रदेश नं १ का पहाडी भु-भागमा आंशिक बदली हुनुका साथै बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जानकारी दिएकाे छ ।
मंशिर १ गते साेमबार देशभर आंशिक देखि सामान्य बदली रहेकाे सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का बर्षाको सम्भावना रहेकाे विभागले जनाएकाे छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
मंशिर २ गते मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने संभावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ ।
मंशिर ३ गते बुधबार देशको पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानहरुमा हल्का हिमपात हुने संभावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ माैसम पूर्वानुमान विभागले जानकारी दिएकाे छ ।
‘देशका केहि स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का देखि मध्यम बर्षाको सम्भावना रहेकाे’ विभागले भनेकाे छ ‘ देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुराेध छ’।