मकवानपुर / तिहारमा देउसी खेल्ने परम्परालाई नयाँ शैलीमा ढालेर लोक संस्कृतिको जगेर्ना गर्न कोशिस गदै -यापर चिलको नामले चिनिएका गायक अन्जन ढकाल र गायक गहन खतिवडाले नयाँ गीत सार्वजनिक गरेका छन् । लोक परम्परागत शैलीलाई नयाँ पुस्ताले कम चासो राख्ने गरेको कारण फरक स्वाद (-याप) मा दिइएको गायक खतिवडाले बताए ।
-याप भर्सनमा ह्याप्पी तिहार गीत बुधबार युवट्युव मार्फत सार्वजानिक गरिएको हो । बुधबार गायक अन्जन ढकालको चिल अफिसियल नामक युवट्युव मार्फत सार्वजानिक गरेका हुन् । “संस्कृति बचावटको लागि पुरानो मान्यता र परम्परालाई नयाँ पुस्तामा भिजाउने हाम्रो जमर्को हो” खतिवडाले भने । -यापमा रमाउने वर्तामान युवाहरु र लोक भाकामा रमाउने पुस्ताहरुले एकैसाथ गाउन र रमाउन सक्ने गरी गीत तथा भिडियो बनाइएको उनले बताए ।
गीतमा स्वर भर्नुका साथै अभिनयमा समेत देखिएका खतिवडाले बालबालिका, युवा र वयस्कहरु आपसमा चाडपर्व, कला संस्कृति जोगाउन लागिपर्नु पर्ने बताए । विश्व नै कोरोना भाइरस (कोभिड) को कारण विषम परिस्थितीमा रहेको बेला गीतमा कोरोना जित्नको लागि आत्मबल आवश्यक हुने छनक पनि ल्याउन खोजिएको छ । ।
गीतमा -यापर चिल र गहन खतिवडाको शब्दर स्वर, स्वंम ढकालको संगीत, आर्दश पराजुली र शेखर दाहालको सम्पादन, छायाँकन तथा निर्देशन रहेको छ । -याप गीत संगीतलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै देउसी गीतमा -याप समिश्रण गरि -विचार परिवर्तन गर्ने कोशिस गरेको उनले बताए ।
२०५८ मा “मैले नशा पिएको बेला” र त्यसपछि “तिमीलाई प्रेम प्रस्ताव” बोलको गीतहरुलाई संगित दुनियाँमा पस्किइसकेका खतिवडाको यो तेस्रो गीत हो । यसपटक गीतमा नयाँपन दिइएको भन्दै खतिवडाले युटुवबाट गीतलाई हेरी प्रतिक्रिया दिन आग्रह समेत गरेका छन् । “आम दर्शक तथा स्रोताको प्रतिक्रियाले मलाई आगामी दिनमा गीतसंगीतमा निखारता ल्याउने तर्फ प्रेरणा मिल्नेछ” उनले भने ।