मकवानपुर । मकवानपुरमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार परीक्षण गरिएको ७५ जनाको स्वाबमा २७ जनमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका २५ जना रहेका छन् । २ जना जिल्ला बाहिर घर भइ मकवानपुर बसोबास गर्ने रहेको हेटौंडा उपमहानगरपालिका स्वास्थ्य अधिकृत भोलानाथ चौलागाईंले जानकारी दिए ।