मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध जनसंघर्ष गर्ने भएको छ । राप्रपाका अध्यक्षत्रयबीच मंगलबार बसेको बैठकले देशको राजनीतिक अवस्था र पार्टी संगठनको समिक्षा गर्दै भावी कार्यक्रमबारे छलफल गरेको अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
थापाले आफ्नाे केटीथापा ट्विटर ह्यान्डलमा ट्विट गर्दै मंगलबारकाे बैठकमा स्थानीय तहमा पार्टी समायोजनलाई तिव्रता दिने तथा कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचारलगायतका विषयलाई लिएर जनसंघर्ष गर्नेबारे छलफल भएको बताएका छन् ।
थापाले बैठकबारे जानकारी दिँदै ट्विटरमा लेखेका छन्,‘राप्रपा त्रय अध्यक्षहरूको मंगलबार बसेको बैठकले देशको राजनीतिक अवस्था र पार्टी संगठनको समिक्षा गर्दै भावि कार्यक्रमवारे छलफल गरेको छ। स्थानीयतहमा पार्टी समायोजनलाई तिव्रता दिने तथा कोरोना नियन्त्रणमा सरकारको असफलता,भ्रष्टाचार लगायतका विषयलाई लिएर जनसंघर्ष गर्ने वारे समेत छलफल भएको छ ।”
