मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको नेपालकै लामो मानिने फलामे भर्याङमा छायांकन भएको गाजालु आँखैले बोलको गीत सार्वजनिक भएको छ । हेटौंडाका गायक आशिष अस्लामी मगरको स्वरमा रहेको गीत थाहानगर निवासी विवेक पाख्रिनले रचना गरेका हुन् ।
पर्यटकीय नगरीको सुन्दर दृश्य सहित तामाङ जातिमा हुने सोल्टा सोल्टीनीको प्रेम दर्शाइएको उक्त गीतमा कलाकारहरु भुपेन्द्र राना र सुजु मगर मुख्य भुमिकामा रहेका छन् । स्थानीय लोक संस्कृतिको झल्को दिने शैलीमा युवा युवतीका प्रेम देखिन्छ ।
गायक मगरको क्या राम्री बोलको गीतको श्रृङखला दुईको रुपमा आएको गाजालु आँखैको निर्देशन थाहा कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले गरेका हुन् । म्युजिक भिडियोमा एजे टिम हेटौंडाले छायाँङ्कन रहेकाे छ भने संगीत संयोजन अमृत ल्वागुनले गरेका हुन् । गीतमा सञ्चारकर्मी अमृत चिमरिया, कृपा गोपाली, सुब्बु रिजाल र सानुबाबु मोक्तान समेतको अभिनय रहेको छ ।
हेर्नुहाेस भिडियो