मकवानपुर । हेटाैडा १५ रातमाटेबाट मकवानपुर प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोलीले लागुऔषध नाइट्रोभेट सहित उनीहरूलाइ पक्राउ गरेको हो ।
बिहीबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत रोतोमाटेमा जनकपुरबाट आँउदै गरेकाे ना ५ ख ७२२६ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्दा रौतहट चन्द्रपुर नगरपालिका २ का २१ वर्षीय दुधराज पाख्रिनलाई ६ सय पिस लागुऔषध नाइट्रोभेट सहित पक्राउ गरेको हो।
त्यसैगरी शुक्रबार बिहान बाराको कलैयाबाट आउँदै गरेको ना १ ज ५६५७ नम्बरको सुमो चेकजाँच गर्दा बाराका २८ वर्षीय सतिस कुमार चौधरीलाई लागुऔषध नाइट्रोभेट १ सय ५३ पिस सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ । पक्राउ परेका दुबैजना माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।