मकवानपुर । मकवानपुरमा ५६ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । विहीबार संकलन गरिएको १ सय १५ जनाको स्वाब परीक्षणमा ५६ जनामा संक्रमण देखिएको हो ।
काेराेना संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ४५ जना, मनहरी गाउँपालिकाका ७ जना, बागमती गाउँपालिकाका २ जना,बकैया गाउँपालिका र जिल्ला बाहिरका एकएक जना रहेका छन् । जसमा महिला २८ र पुरूष २८ जना रहेका छन् ।
संक्रमित हुनेमा हेटाैडा १ का २ जना महिला, हेटाैडा २ का १ जना पुरूष, हेटाैडा ३ का ५ महिला र ८ जना पुरूष, हेटाैडा ५ का ३ जना महिला र ३ जना पुरूष रहेकाे छन् । यस्तै हेटाैडा ७ र ८ का १/१ जना महिला, हेटाैडा ९ का २ महिला र ४ जना पुरूष, हेटाैडा १० का १ जना पुरूष, हेटाैडा ११ का ५ महिला र ५ जना पुरूष, हेटाैडा १३ का १ जना महिला हेटाैडा १५, १७ र १८ का १/१ जना महिला रहेका छन् ।
यस्तै मनहरी गाँउपालिकाका ५ र ९ का १/१ जना महिला, मनहरी ७ का ३ महिला र २ जना पुरूष, बागमती गाँउपालिका ७ का २ जना पुरूष र बकैया गाँउपालिकाका १ जना पुरूष र इलाम घर भइ मकवानपुर बस्ने १ जना पुरूषमा समेत काेराेना संक्रमण पुष्टि भएकाे हेटाैडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भाेलानाथ चाैलागाइले जानकारी दिए ।