मकवानपुर । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन, २०७७ प्रमुख निर्वाचन अधिकृतको कार्यालयले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मंगलबार कार्य तालिका सार्वजनिक गर्दै निर्वाचन आगामी मङ्सिर २७ गते शनिवारका दिन हुने जनाएकाे छ । साथै आगामी कात्तिक २५ गतेदेखि निर्वाचन कार्यक्रम नसकिँदासम्म मतदानमा सहभागी हुने कर्मचारीको सरुवा वा काज सरुवा गर्न रोक लगाएको छ ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मन्त्रालयहरूलाई पठाएको पत्रमा भनिएको छ ‘निर्वाचन सम्पन्न नभएसम्म निजामती सेवा ऐन २०४९ को दफा ५३(२) (क) र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी विनियमावली २०६९ को विनियम १०(१) बमोजिम मतदाता हुने कर्मचारीको कात्तिक २५ देखि सरुवा/काज सरुवालगायत कार्य नगर्न नगराउन र सरुवा भइसकेको भए रमाना नगर्न नगराउन अनुरोध गरिन्छ ।
निजामित कर्मचारीहरू आधिकारिक ट्रेड युनियनकाे निर्वाचन गत असोज २४ गते हुने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरी सबै तयारी गिरएकाे भए पनि अन्तिम अवस्थामा नेपाल सरकारले मङ्सिर २७ गतेलाई सार्दै प्रमुख निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्त सबै विभागीय र जिल्लाका निर्वाचन अधिकृतहरूलाई २०७७ मङ्सिर २७ गते हुने अर्को निर्वाचनसम्म निरन्तरता दिने निर्णय गरेको थियो ।
प्रमुख निर्वाचन अधिकृत कलानिधि पौड्यालद्वारा हस्ताक्षर गरी प्रकाशित निर्वाचन कार्यतालिका अनुसार मङ्सिर २७ गते शनिवारका दिन निर्वाचन हुने छ । मङ्सिर १० मा मतदाता नामावली प्रकाशन गर्ने र २७ गते शनिवार बिहान ९ बजेदेखि ५ बजेसम्म मतदान कार्य हुनेछ । तालिकामा उल्लेख छ । यस अघी नै निर्वाचनकाे सबै तयारी पुरा भइ सकेकाेले अब ताेकिएकाे मितिमा निर्वाचन गर्न समस्या नरहेकाे तर सरकारले नै रोक्न चाहेको अवस्थामावाहेक अन्य कारणले निर्वाचन नहुने या स्थगित हुने अवस्था देखिदैन अव छैन ।

