मकवानपुर । आज मंगलबार सुन तथा चाँदीको मूल्य वृद्धि भएकाे छ । सुन तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएकाे छ ।
महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत आइतबार र सोमबार सुन प्रतितोला ९५ हजार रुपैयाँ तोकिएको थियो ।
यसैगरी चाँदीको भाउ पनि मंगलबार बढेको छ । मंगलबार चाँदी ५ रुपैयाँले वृद्धि भएकाे छ । चाँदी प्रतितोला एक हजार २ सय १० रुपैयाँमा खरिद बिक्री भएकाे महासंघले जनाएकाे छ । सोमबार चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा किनबेच भएको थियो ।