मकवानपुर । मकवानपुरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कार्तिक १६ गते संकलन गरेको १ सय ३० जनाको स्वाब परीक्षणमा थप २३ जनामा संक्रमण देखिएको हो । संक्रमण हुनेमा महिला ८ जना र पुरूष १५ जना रहेका छन् ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १६ जना,मनहरी र मकवानपुरगढी गाउँपालिकाका ३/३ जना र एक जना बकैया गाउँपालिकाका रहेका छन् । यस्तै जिल्ला बाहिर घर भएका १ जना रहेका छन् ।