मकवानपुर । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिकाे बैठक कार्तिक २१ गते बस्ने भएकाे छ ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विहीबार प्रेस विज्ञप्ती प्रकाशित गरी कात्तिक २१ गतेका लागि पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएकाे जानकारी दिएका छन् । २१ गते हुने बैठकमा १४ औं महाधिवेशनबारे छलफल हुने पाैडेलले बताए । पाैडेलका अनुसार अब हुने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु र आमन्त्रित केन्द्रीय सदस्यहरुकाे उपस्थितिकाे लागि बाेलाइएकाे हाे ।
केन्द्रीय सदस्यमा कोरोना संक्रमण देखिएपछि यसअघि असोज १९ गतेका लागि बोलाइएको बैठक स्थगित भएको थियो ।
