मकवानपुर । सुनकाे भाउ घटेकाे छ । दशैँ पछिको पहिलो कारोबार दिन सुनचाँदीको भाउ ओरालो लागेको हाे । आज विहीबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार छापावाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएकाे छ । यसअघि कार्तिक ६ गते सुन प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा काराेबार भएको थियो ।
यसैगरी चाँदीको भाउ पनि विहीबार तोलामा ५० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा किनबेच भइरहेकाे महासंघले जानकारी दिएकाे छ । यस अघीकाे कारोबार दिन चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य ओरालो लागेको छ । यस दिन सुन प्रति अउन्स १ हजार ८ सय ८३ डलर भन्दा बढिमा खरिदबिक्री हुँदैछ ।