मकवानपुर । मकवानपुरमा थप १२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । शुक्रबार राती आएको असोज ५ गते लिइएको स्वाबको परीक्षण नतिजामा १२ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित १२ मध्य ४ जना महिला र ८ जना पुरुष छ । कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका ११ जना र वकैया गाउँ पालिकाका १ जना रहेका छन् ।
