मकवानपुर । मकवानपुरमा विहीबार वेलुका ४२ जना र शुक्रबार विहान २१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । याे सँगै मकवानपुरमा कोरोना भाइरस संक्रमण हुनेकाे संख्या २ हजार ७ सय १८ जना पुगेको छ । मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ६ सय ३३ रहेको छ ।
यस्तै गत २४ घण्टामा मकवानपुरमा काेराेनाकाे कारण थप ३ जनाको मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएकाे छ । मृत्यु हुनेमा २ जना पुरुष र १ जना महिला रहेका छन् । मन्त्रालय अनुसार संक्रमणको कारण मृत्यु हुनहरुेमा हेटौंडाका ६६ वषीय पुरुष, ५१ वर्षीय पुरुष र ३३ वर्षीया महिला रहेका छन् । मन्त्रालयका अनुसार तीनै जनाकाे जिल्ला बाहिर उपचारको क्रममा मृत्यु भएको हाे ।
यो संगै मकवानपुरका कोरोनाको कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृत्यु हुनेमा १९ जना हेटौंडा उपमहानगरपालिकाका र थाहा नगरपालिका,मनहरी,बागमती गाउँपालिकाका १/१ जना रहेका छन् ।
यस्तै देश भर थप ३ हजार २ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९९ हजार ६ सय ५ रहेको थियो।