कोरोनाको महामारीले यतिबेला विश्व नै आक्रान्त भैसकेको छ । आठ महिना पुरा हुन लाग्यो कोरोनाको कारण असहज रुपले दैनिक गुजार्दै आएको । नेपाल सरकारले कोरोना संक्रमितहरुलाई निःशुल्क प्रदान गर्दै आएको उपचार सुविधा पनि पछिल्लो साताबाट कटौति गरेको छ । यससँगै आर्थिक अवस्था कमजोर भएकाहरु अस्पताल जान हच्किन थालेका छन् । संक्रमणपछि पनि घरैमा बस्ने र मृत्युवरण गर्नुपर्ने अवस्थामा गारिब नागरिकसँग पुगेका छन् । यद्यापि बागमती प्रदेश, प्रदेश १ सरकारले आफ्ना नागरिकको स्वास्थोपचारमा लागनी गर्दै आएको छ । नेपालको संविधानमा व्यवस्था भएको नेपाली नागरिकको यो मौलिक हक पनि हो । यो सवालमा प्रदेश सरकारहरुको यस्ता कमद प्रशंसनीय छन् ।
यसै महामारीको बिचमा नेपालमा वडा दशैं, दीपावली, छठ, नेपाल संवत् जस्ता पर्वहरु एकपछि अर्को गर्दै समुदायमा भित्रन सुरु भैसकेको छ । वडा दशैं पर्वको आज फूलपाति । अर्थात् विधिवत रुपमा राखिएको जमरामा आजकै दिन फूलपाति भित्र्याइन्छ । आजकै दिनबाट नेपालका सरकारी कर्मचारीहरुले दशै बिदा पाएका छन् । आजको २२ दिनबाट यमपञ्चक सुरु हुदै छ, लगतै छठ पर्वको रौनक सुरु हुने छ ।
अघिल्ला वर्षहरुमा जस्तो आफन्तहरुको भेला गरेर धुमधाम रुपमा पर्व मनाउने अवस्था अहिले विल्कलै छैन । आफू जहाँ जुन अवस्था रहेका छौं, त्यहीँ पर्व मनाउनु पर्ने अवस्था छ । टीका लागाउन आफू आफन्तकोमा जाने र भिडभाड गर्ने जस्ता कार्यले हाम्रै परिवारका ज्येष्ठ सदस्यहरुलाई संक्रमणको भय प्रवल रहन्छ । यस्तो कार्य विल्कलै नगरौं । कोभिड–१९ को यस विषम परिस्थितिमा आफू र आफ्ना परिवारजनको स्वास्थ्यको ख्याल गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई चाडपव मनाउनुमा नै बुद्धिमानी हुनेछ ।
यो महामारीबाट हामी सुरक्षित रहन सकेमा यस्ता पर्वहरु आगामी सालमा पनि मनाउन सकिने छ, तर अमूल्य ज्यान नै नरहे कहाँ पर्वको रौनकता बाँच्दछ र ? त्यसैले अति नै सचेत बनेर, सुरक्षित भएर पर्वहरु मनाऔ, संस्कृति बचाऔं । कोरोना संक्रमणपछि संघर्षको मैदानमा रहनु भएका व्यक्तिहरुकाे सिघ्र स्वास्थ्यलाभकाे कामना सहित आमनेपालीमा सुख शान्ति समृद्धी सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना छ ।