मकवानपुरमा ३० जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । कार्तिक २ गते लिएको १ सय ८३ जनाको स्वाब परीक्षणमा मंगलबार राती आएको नतिजामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हेटाैंडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भाेलानाथ चाैलागार्इले बताए ।
काेराेना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ६ जना, वकैया गाउँपालिकाका ६ जना,बागमती गाउँपालिकाका १२ जना, मनहरी गाउँपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना र मकवानपुर बस्ने जिल्ला बाहिरका ३ जना रहेका छन् ।
