मकवानपुर । लोक सेवा आयोगले आगामी कात्तिक १६ देखि हुने भनिएका सबै परीक्षा स्थगित गरेको छ । कोरोना भाइरस महामारीका कारण परीक्षा सहभागी हुने परीक्षार्थीमा उत्पन्न भएकाे भय तथा लोक सेवाकै कर्मचारी समेत संक्रमित भएका कारण परीक्षा सँग सम्बन्धित शाखा समेत बन्द भएकाेले सबै परीक्षा स्थगित गरिएको आयोगले जानकारी दिएको छ ।
आयोगले सोमबार सूचना जारी गर्दै कात्तिक १६ देखि हुने भनिएका निजामति, सुरक्षा निकाय र संगठित संस्थाकाे सम्पूर्ण लिखित परीक्षाका कार्यक्रम कात्तिक ३ गतेको निर्णय बमोजिम अर्को सूचना प्रकाशित नभएसम्मका लागि हाललाई स्थगित गरेको जानकारी गराएको छ ।
