मकवानपुर । नेपाल प्रहरीले पाँच हजार भन्दा बढी नयाँ प्रहरी भर्नाकाे लागि विज्ञापन गरेकाे छ ।
प्रहरी जवान पदका लागि विज्ञापन निकालेर प्रहरी प्रधान कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार ५ हजार २ सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको हो । प्रहरी जवान पदमा भर्ना हुन चाहने याेग्यता भएका इच्छुक नेपाली नागरिकले आगामी कार्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयले खुलातर्फ २ हजार ८ सय १७ कोटा तोकेको छ भने अरू समावेशीतर्फ छ। आदिवासी जनजातिका लागि ७ सय ३७ जना र महिलातर्फ चार सय ४१ जनाको कोटा निर्धारण गरिएको छ । यस्तै मधेसी ६ सय ४६ जना दलित ३ सय ४५ जना र पिछडिएकाे क्षेत्र मा १ सय १६ जना प्रहरी जवान पदकाे लागि काेटा निर्धारणा गरी विज्ञापन भएकाे हाे । विज्ञापन भएकाे पदकाे लागि ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै प्रधान कार्यालयकाे सूचना बमाेजिम जिल्ला प्रहरी कार्यालय मकवानपुरले आउँदो कार्तिक १६ गते देखि दरखास्त फाराम दर्ता गरिने भएकाे छ । प्रहरी जवान पदमा आवेदन दिन ईच्छुक प्रहरी जवान पदको लागि उमेर १८ वर्ष उमेर पुरा भई २३ वर्ष ननाघेको तथा कक्षा ८ पास गरेकाे हुनु पर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जारी गरेकाे सूचनामा उल्लेख छ ।
