मकवानपुर । हाल नेपालमा उल्लेखनीय माैसम प्रणाली नरहेकाे जल तथा मौसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।
आज कार्तिक ३ गते साेमबारदेखि आउँदाे कार्तिक ५ गते बुधबारसम्म तीन दीन प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली हुने तथा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाले जनाएकाे छ । प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना भने रहेको छ।
महाशाखाका अनुसार माैसमकै कारण आगामी २४ घण्टाका लागि कुनै खतरा रहेकाे छैन ।