मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पाँचैजना पदाधिकारी आज आइतबार देखि बिदा हुदैछन् । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७१ साल कात्तिक २ गते आयोगमा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा अध्यक्षका रुपमा नियुक्त भएका थिए ।
त्यस्तै साेही मितिमा आयोगको सदस्यका रुपमा प्रकाश वस्ती, सुदीप पाठक, मोहना अन्सारी र गोविन्द शर्मा पौडेल नियुक्त भएका थिए। संवैधानिक व्यवस्थाअनुसार ६ वर्षे कार्यकाल पूरा गरेका आयोगका ५ जना पदाधिकारीहरुकाे पदाधिकारी आइतबारबाट सकिएकाे हाे ।
वस्ती सर्वोच्च अदालतका पूर्वअस्थायी न्यायाधीश, पाठक मानव अधिकार आयोगकै पूर्वसदस्य, अन्सारी महिला आयोगकी पूर्वसदस्य र पौडेल वरिष्ठ अधिवक्ताको हैसियतमा आयोगको पदाधिकारी बनेका थिए।
आयोगकाले पदाधिकारकार सकिएका ५ जनाकाे जुम मिटिङमार्फत बिदाइ कार्यक्रम गरिरहेकाे जनाएकाे छ । शर्मा नेतृत्व पदाधिकारीहरुले केही दिनअघि मात्रै २ सय ८८ जना मानव अधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गरेको थियो।