मकवानपुर । मकवानपुरमा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २९ जना र बागमती गाँँउ पालिकाका १३ जना रहेका छन् ।
२ सय ११ जनाको स्वाब परीक्षण हुँदा आइतबार राती आएको रिपोर्टमा थप ४२ जनामा कोरोना संक्रमण देखिएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भोलानाथ चौलागाईंले जानकरी दिए । आइतबार दिउँसो मात्रै हेटौंडा उपमहानगरपालिकाका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।