मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा ६२ जना सहित मकवानपुरमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
असोज २२ गते लिइएकाे १ सय ३२ जनाको स्बाबकाे रिपोर्ट आज बिहान प्रकाशित हुँदा ६६ जनामा काेराेना पोजेटिभ पुष्टि भएको उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भोलानाथ चौलागाईंले बताए।

पुष्टि भएका मध्य दुई जना भीमफेदी गाउँपालिका र २ जना जिल्ला बाहिरका हुन् ।