मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको पार्टी एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।
‘पार्टी एकीकरणले वैधानिकता पाएको छ’ अध्यक्ष थापाले भने ‘२०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुनः एकीकृत गर्न सकेकाेमा खुशी छु ।’ एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ चिन्ह रहने छ र चुनाव चिन्ह ‘हलो’ हुने भएको छ ।
अध्यक्ष थापाले आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प समेत गरेका छन् । निर्वाचन आयोगलाई धन्यवाद दिदै थापाले सामाजिक सन्जालमा लेखेका छन्-अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनावचिन्ह ‘हलो’ हुनेछ।
‘राप्रपाको चुनाव चिन्ह जनतासम्म पुराउने प्रचार अभियान अन्तर्गत मेरो सामाजिक संजालको प्रोफाइलमा आजैदेखि ‘हलो’ अंकित गरेको छु । पार्टीका साथीहरूलाई पनि सो बमोजिम गर्न आग्रह गर्दछु’ थापाले भनेका छन् ।