मकवानपुर । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त खरिद मूल्यअनुसार निगमको बैठकले डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो । नयाँ मूल्यअनुसार डिजेल, मटितेल प्रतिलिटर ८९ रुपैयाँ निर्धारण भएको छ । घटेको मूल्य विहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । इन्डियन कर्पोरेसनबाट पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खरिद मूल्यमा केही बढेर आए पनि निगमले हाललाई यथावत् राखेको प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ति मार्फत जनाएका छन् ।