करिब २८ वर्षअघि भारतको उत्तर प्रदेशमा रहेको बाबरी मस्जिद भत्काउन भूमिका खेलेको आरोपमा ४८ जनामाथि मुद्दा चलाइएकोमा उक्त मुद्दाकाे आज टुंगाे लागेकाे छ । २८ वर्षसम्म टुंगो नलागेको मुद्दाको फैसला आज गरिएको छ। भारतको सर्वोच्च अदालतले आज आडवाणीसहित ३२ जना आरोपीहरुलाई सफाइ दिएको छ।
हिन्दुवादी संगठनले तोडफोड गरी मन्दिर भत्काएको आरोपमा भाजपाका नेताहरुमाथि मुद्दा चलाइयो थियाे। हिन्दुवादी युवाहहरुले मस्जिदको माथिल्लो ढाँचामा टेकेरै मस्जिद भत्काएकाे आराेप लागेकाे थियाे। मस्जिद बनेको स्थानमा राम मन्दिर रहेको दाबी हिन्दुवादी संगठनले गर्दै आएकाे छ ।
भारतीय जनता पार्टी र राष्ट्रिय स्वयमसेवक संघले उक्त स्थानमा मन्दिर रहेको दाबीसहित आन्दोलन गरेको थियो। मन्दिर बनाउन पर्ने मागसहित गरिएको आन्दोलनको नेतृत्व गरेका लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी लगायतविरुद्ध मुद्दा चलाइयाे । गत नोभेम्बरमा सर्वोच्च अदालतले बाबरी मस्जिद रहेको स्थानमा राम मन्दिर नै रहेको फैसला सुनाएको थियो। त्यसपछि त्यहाँ गुरु योजना बनाएरै मन्दिर बनाउने काम सुरु भइसकेको छ। बाबरी मस्जिद विवादमा फैसला सुनाउने न्यायाधीश एसके यादवले आज नै अवकाश पाउँदै थिए। २ हजार पन्नाको फैसलामा उनले सबै आरोपीलाई निर्दोष घोषणा गरेका हुन्।
उनले आफ्नो फैसलामा मुद्दा चलाइएका कोहीविरुद्ध सीबीआइले प्रमाणहरु फेला नपरेको उल्लेख गरेका छन्। बाबरी मस्जिदमा भएको घटना अचानक भएको घटना भएको भन्दै अदालतले विवादित मस्जिद अज्ञात व्यक्तिहरुले भत्काएको उल्लेख गरिएको छ। अदालतले पत्रपत्रिकामा लेखिएको विषयलाई प्रमाण मान्न अस्वीकारसमेत गरेको छ।
अदालतले प्रमाणको रुपमा प्रस्तुत गरिएको अडियो टेप, भिडियो विश्वास गर्न लायक नभएको उल्लेख गरिएको छ। अदालतमा प्रस्तुत गरिएका अधिकांश तस्विरहरुको नेगेटिभ प्रस्तुत नगरिएकोले त्यसलाई पनि प्रमाण मान्न नसक्ने अदालतले फैसला गरेको छ। एजेन्सी