मकवानपुर । पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा ५३ हजार ८ सय ९८ जना संक्रमित उपचारपछि निको भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
निकाे हुनेकाे संख्या कुल संक्रमितको ७३.४ प्रतिशत हो । देशका विभिन्न अस्पताल तथा आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएका गाैतमले बताए । नेपालमा पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको गौतमले जानकारी दिए ।