मकवानपुर । मेरो शेयरमा समस्या देखिएकाे छ। आज आइतबारदेखि बिक्री खुला भएको जनरल इन्स्योरेन्सको आइपीओमा आवेदन दिनेको चाप बढेपछि सिडिए एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरोशेयरमा समस्या आएकाे हाे ।
मेरो शेयरमा समस्या आउँदा सर्वसाधारणहरुले जनरल इन्स्योरेन्सको आईपीओ आवेदन दिन पाएका छैनन्। यस्तै लगानीकर्ताहरुले समेत मेराे शेयरबाट गर्नु पर्ने कामहरु समेत गर्न पाएका छैनन् । हरेक समय आईपीओ निष्काशन हुँदा लगानीकर्ताहरुले यस्तो समस्या भोग्दै आएका छन् ।