मकवानपुर । मकवानपुरको मनहरीबाट प्रहरीले एक सय ४ केजी गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले राक्सीराङ गाउँपालिका ९ बस्ने बर्ष २६ को कपिल भन्ने रुप खड्का ठकुरी, सोही ठाँउका ३० वर्षिय टलक बहादुर घलान र राक्सीराङ ४ बस्ने बर्ष २७ को मदन कोईरालालाई पक्राउ गरेकाे मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
उनीहरुलाई मनहरी गाएँपालिका वडा नंम्बर ६ स्थति लोथर खोलाको बगरको बाटोमा प्लास्टकिको बोरामा गाँजा सहित पक्राउ गरिएकाे रानाले वताए । पक्राउ परेका तीनै जनाकाे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।