मकवानपुर । बागमती प्रदेशमा ११ हजार ३ सय ९६ जनाले काेराेना संक्रमित डिस्चार्ज भएका छन् । उपचार पछी विभिन्न अस्पतालबाट उक्त संख्यामा काेराेना संक्रिमत डिस्चार्च भएकाे बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिए।
देशैभरीमा ६५ हजार २ सय ७६ जना काराेना संक्रमित रहेकाेमा बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या २१ हजार ७ सय ७८ जना पुगेको सामािजक विकास मन्त्रालयले जानकारी दिएकाे छ । बागमती प्रदेशमा काेराेना संक्रमित मध्यमा एक सय ५५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएकाे छ ।
नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । यस प्रदेशमा कुल संक्रमित मध्यमा ३२ दशमलव २० प्रतिशत संक्रमित देखा परेकाे सामाजिक विकास मन्त्रालयले जानकारी दिएकाे हाे ।