- एलिजा पुडासैनी
अफिसबाट फर्कदा घरायसी आवश्यक सरसामान किन्ने मेरो दैनिकी । त्यही क्रममा तरकारीको ठेलामा तरकारी हेर्दै थिए । “के के न होला भनेर स्टाफ नर्स बुहारी बिहे गरेको” भन्ने शब्द झ्याट मेरो कानमा पर्यो । यसो हेरेको ठेला नजिकैको घरको सिढीमा २ अधबैंसे दिदीहरु कुरा गरिरहेको देखे । उनीहरुको त्यो कुराले मेरो ध्यान खिच्यो ।
जागीर भनेर हिड्यो कुन दिन घरमा कोरोना ल्याएर सार्छे, हामी सबैलाई खतम पार्छे, आजकल यहि कुराले दिक्क भा छ, त्यो सानो नाती जोगाउन कम्ता गाह्रो भाको छ र, न कहिले बिदा पाउनु, के चाड, के ईस्टमित्र, कहिले राति डिउटी भन्दै कुध्यो, कहिले आउँदा आधा रात भैसक्छ ।”
त्यही कुरा तिर बढी ध्यान दिदै टमाटर छानिरहे त्यही क्रममासँगै रहेकी अर्की दिदीले भनिन्, “किन नि ? राम्रै त छ नि,नाती पनि पाइदिएकै छे ?” उनको भनाइ सकाउन नपाउदै फेरि जवाफ दिइन्, “जागीर भनेर हिड्यो कुन दिन घरमा कोरोना ल्याएर सार्छे, हामी सबैलाई खतम पार्छे, आजकल यहि कुराले दिक्क भा छ, त्यो सानो नाती जोगाउन कम्ता गाह्रो भाको छ र, न कहिले बिदा पाउनु, के चाड, के ईस्टमित्र, कहिले राति डिउटी भन्दै कुध्यो, कहिले आउँदा आधा रात भैसक्छ ।”
तरकारीको पैसा तिर्दै गर्दा उनीहरुको अनुहार नियालेर हेरे, केही भनु कि जस्तो लाग्यो तर हिम्मत आएन । कहिले नदेखेको, नचिनेकोसँग कसरी एक्कासी वादविवाद गर्नु जस्तो लागेर मन खुम्च्याउदै घर तिर लागे ।
घर पुगे गेट खोल्दै गर्दा घरको बरन्डामा आँखा गयो ८० बर्षका सासू आमा म आएको हेर्दै
हुनुहुन्थ्यो, छोरी हतारिदै मैले लगेको सामान लिन आईन, अधि ती दिदी भनेको कुराको याद आयो ,“कुन दिन हामीलाई नि कोरोना सार्छे खतम पार्छे” । ढक्क छाती फुल्यो कतै मैले पनि ………. ।
फ्रेस भयर खाजा बनाए खाजा खादै गर्दा फेरि ती दिदीलाई सम्झे अनि सम्झे उनको स्वास्थ्यकर्मी बुहारीलाई । काम प्रतिको जिम्मेवारी , पेशागत उत्तरदायित्व, उनले जागीर शुरूवातको क्रममा लिएका सपथ,मन जस्तो अबस्थामा भएपनि आफुलाई जति पीडा भए पनि किच्च हाँसेर सेवा दिनुपर्ने कर्तव्य अनि बाध्यता ।
पारिवारलाई जोगाउनु पर्ने भुमिका, आफैंलाई रोग सर्ला भन्ने भय, काम गर्दाका क्रममा देखेका पीडा, आफू सहितको संलग्नतामा हेरेको केश सफल नहुन सक्छन् ती असफल भएका केशको तनाव, कम तलब, अनिदो आँखा, थकित शरीरले घर फक्र्यो घरपरिवारबाट पनि अहिलेको विषम परिस्थिति नै नबुझि यस्ता चोटिला प्रहार ।
आफ्नो प्राण भन्दा प्यारा छोराछोरी अगाल्न नपाउँदाको दुःख, इस्टमित्र समाजको हेय भाब, के के न होला भनेर स्टाफ नर्स बिहे गरेको ती दिदीको त्यो शब्द फेरि गुन्जियो कानमा अनि सोचे स्वास्थ्यकर्मी, स्वास्थ्य पेशा प्रति हेर्ने दृष्टि कोण । यहि खालको न आए पनि यस्ता कयौं महामारी आए कयौंको मृत्यु भयो ।
बुहारीलाई वचन लगाउने र गलत व्यबहारले प्रहार नगरुन नत्र कयौंलाई उचित परामर्श दिने उनकी बुहारीलाई नै परामर्शको जरुरत नपर्ला भन्न सकिन्न । त्यसैले हर सेवाग्राहीलाई सही समयमा, सही सेवा दिनको लागि सेवा प्रदायकलाई पनि पुर्ण रुपमा घर परिवार, समाज र कार्यस्थल सहयोगी हुनुपर्छ ।
मैले नचिनेको भए पनि ती दिदीसँग केही कुरा किन गरिन यो मेरो पेशा प्रतिको प्रहार थियो । म किन मौन हिडे रु हुन त उनलाई उनको छोरा नातीको माया उनको बोलीमा प्रस्टै थियो त्यसो भनिरहदा बुहारी प्रतिको भनाइ सही लागेन मलाई, मैले किन बोल्न सकिन ? दिक्क मान्दै टीभी खोले समाचार आउँदै रहेछ । मिति २०७७÷०६÷०२ मा नेपालमा अहिले सम्मको सबभन्दा बढी संक्रमित २०२० जना, ओ हो, कति धेरै संक्रमण उकालो लाग्ने अबस्थामा छ, अहिले जो घर बाहिर छन प्रायः तिनीहरूलाई देखिएको छ भने अब घरमा भएका जेष्ठ नागरिक,असक्त, बालबालिकाहरुमा पुग्छ अनि यसले बिकराल रुप नलेला भन्न सकिन्न । अब आउने झन जटिल परिस्थिति त्यस्मा आम स्वास्थ्यकर्मीको प्रत्यक्ष अप्रत्यक्ष भूमीका सम्झे, अनि आगामी दिनमा जसले जस्तो रुपले व्याख्या गरे पनि हामीले निभाउनु पर्ने भुमिका, धेरै पेशा कर्मी घर भित्र रहदा हामी स्वास्थ्यकर्मीले निभाएको भुमिका, सबैले सबैको पेशागत मर्म त कहाँ बुझिन्छ र ?
तर बुझ्नेले पनि गरेको तिरस्कारले मन छियाः छियाः हुने । फेरि ती दिदीलाई सम्झे उनी र उनी जस्ता कयौंको चेतनाको स्तर सम्झे उनीले व्यक्त गरेको त्यो कुरा अरुसँग गरे पनि उनको कामकाजी बुहारीलाई वचन लगाउने र गलत व्यबहारले प्रहार नगरुन नत्र कयौंलाई उचित परामर्श दिने उनकी बुहारीलाई नै परामर्शको जरुरत नपर्ला भन्न सकिन्न । त्यसैले हर सेवाग्राहीलाई सही समयमा, सही सेवा दिनको लागि सेवा प्रदायकलाई पनि पुर्ण रुपमा घर परिवार, समाज र कार्यस्थल सहयोगी हुनुपर्छ । जसले गर्दा आउने जस्तोसुकै कठिन परिस्थितिमा पनि दृढ आत्म विस्वास र आत्मबलका साथ आम स्वास्थकर्मीले डटेर सामना गर्न गराउन सकुन् ।
सहीखबर लेखक पुडासैनी मकवानपुर जिल्लाको भैंसे स्वास्थ्य चाैकीमा कार्यरत छिन् ।