मकवानपुर । नेपाल बैंक लिमिटेडको विशेष साधारण सभा आगामी १९ गते बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा हुने भएको छ ।
सभामा सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्था परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ जना सञ्चालकको ब्यबस्था गरिने नियमावली संसोधन गरि ३ जना रहने र सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने २ जना सञ्चालकबाट बढाई ३ जना कायम गर्न नियमावली संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ। बैंकले असोज ८ गते विशेष साधारण सभा प्रयोजनार्थ बुकक्लोज गर्ने भएको छ।
कोरोना भाइरस महामारीको जोखिमका साथै नेपाल सरकारको स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्नुपर्ने भएकोले विशेष साधारण सभा भिडियो कन्फ्रेन्समाफएत हुने बैंकले जनाएको छ।