मकवानपुर । मकवानपुरका काेराेना भाइरस संक्रमित भएका मध्य ६ सय ३६ जनाले कोरोनालाइ जिती संक्रमण मुक्त भएका छन् । मकवानपुरमा हालसम्म संक्रमण पुष्टि हुनेको संख्या १ हजार ३५ रहेको हेटाैडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भाेलानाथ चाैलागाइले जानकारी दिए ।
संक्रमित मध्य जसमा ६ सय ३६ जना संक्रमण मुक्त भए सँगै सक्रिय संक्रमितको संख्या ३ सय ८९ रहेको चाैलागाइले बताए । जस मध्य आइसोलेसनमा उपचाररत संक्रमितको संख्या १ सय १९ रहेको छ भने बाँकी हाेम आइसाेलेसनमा रहेका छन् । हेटौंडाको गौरीटार आइसोलेसनमा १ सय १ संक्रमित,कर्रा आइसोलेसनमा ३ जना र मनहरीको आइसोलेसनमा १५ संक्रमित उपचाररत रहेकाे बताइएकाे छ ।
मकवानपुरमा हालसम्म १० जनाको मृत्यु पछी काेराेना भाइरस पुष्टि भएको छ । जसमा हेटौंडा उपमहानगरपालिकाका ९ जना र एक जना मनहरी गाउँपालिकाका रहेका छन् ।