मकवानपुर / कोरोना भाइरसको संक्रमणपछि स्वास्थ्यसँगै समाजमा सबैजसाे क्षेत्रमा त्रास बढेकाे र यसलाई सराेकारवालाहरूले सामान्यिकरणतर्फ सहजिकरण गर्नु जरूरी रहेकाे बताइएकाे छ । झण्डै ६ महिनादेखि कोरोनाको संक्रमणपछि मन्द रहेको अर्थतन्त्रको कारण नागरिकहरुमा मनोवैज्ञानिक त्रास, यातायात तथा होटल मजदुरहरुमा दैनिक छाक टार्नका लागी त्रास, विभिन्न त्रासका कारण मनोवैज्ञानिक समस्या र अन्ततः आत्महत्यासम्मको अवस्था सृजना भएकोले पनि सहजिकरण अत्यावश्यक भएकाे बताइएको छ ।
पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत डेक नेपालको आयोजना तथा नागरिक समाज मञ्च मकवानपुरको समन्वय तथा शिक्षाका लागि राष्ट्रिय अभियान मकवानपुरसँगको सहकार्यमा कोभिड १९ पश्चात नागरिक समाजको भूमिका विषयक कार्यक्रममा यस्तो बताइएको हो ।
कोरोना संक्रमण रहे नरहेको बारेमो पिसिआर रिर्पोट प्राप्त हुन १ हप्तामा लाग्ने गरेको र संक्रमितहरुलाई समुदायमा दुर्व्यवहार गर्ने गरेको, कोरोनाका सम्बन्धमा सुरक्षा तथा सावधानीका सम्बन्धमा सबै विज्ञ तथा डाक्टरहरुको विचारहरुमा एकरुपता नभएका कारण जनतामा भ्रम तथा त्रास पैदा हुने गरेको सवाल उठाइएको थियो ।
यसैगरी शिक्षामा कतिपय विद्यालयले भर्चुअल र कपितपयले समुदाय स्तरमा गएर पठनपाठन गरे गराईएको पाईए पनि ति अत्यन्त न्यु प्रतिशतमा मात्र पहूँच पुगेकाले यसले अन्य धेरै संख्याको विद्यार्थीमा मनोवैज्ञानिक समस्या उत्पन्न गरेको सहभागीहरुले बताएका थिए ।
गैसस महासंघ मकवानपुरको कार्यवाहक अध्यक्ष तथा नागरिक समाज मञ्च मकवानपुरका संयोजक रमिला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा कार्यरत विभिन्न संघ संस्था, सञ्जाल र नागरिक समेतको सहभागीता रहेको थियो ।
कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका सदस्य अशोक सुजन श्रेष्ठ, गैसस महासंघ बागमती प्रदेशका उपाध्यक्ष आरती पाठक तथा शिक्षाका लागी राष्ट्रिय अभियान बागमती प्रदेशका संयोजक प्रकाश खतिवडाले कोभिड १९ ले विश्व आक्रान्त बनिरहेको अवस्थामा हाल स्वास्थ्य, शिक्षा र अन्य पक्षहरुमा देखिरहेको समस्याहरुको विषयमा विषय उठान र त्यस समाधानार्थ नागरिक तथा नागरिक समाजका संघ संगठनले खेल्न सक्ने भुमिका बारे प्रष्ट्याएका थिए ।
गैरसरकारी संस्थाहरुलाई आय लेखा परीक्षण तथा नविकरणमा समस्या देखा परेको, वैकल्पिक शिक्षा सम्बन्धी कार्यविधि ल्याईएको भएता पनि त्यसमा संशाेधन तथा कार्यन्वयनमा नागरिकको सक्रियता चाहिने गैसस महासंघ बागमति प्रदेश उपाध्यक्ष आरती पाठकले बताइन् ।
कोरोनाले जनजिवनमा प्रभाव पारेता पनि स्थानीय सरकार वा सरकारलाई शिक्षामा राम्रो लगानी गर्ने अवसर भएको विचार व्यक्त भए । साथै सार्वजनिक निजी विद्यालयलाई एकरुपता ल्याउने नीति निर्माणमा महत्वपुर्ण भुमिका नागरिकले खेल्ने शिक्षाका लागी राष्ट्रिय अभियान बागमती प्रदेश संयोजक प्रकाश खतिवडाले बताए ।
कोरोनाको त्रासका कारण नियमित स्वास्थ्य परिक्षणका कार्यहरु अस्पताल तथा मेडिकलहरुले वन्द गरेको र कोरोना भन्दा अन्य रोगबाट पिडित र प्रभावित हुने अवस्था सृजना भएकोले त्यसको व्यवस्थापन सरकारले गर्नू पर्ने सहभागीहरुले बताएका थिए ।
कार्यक्रममा बागमती प्रदेश बाल अधिकार परिषद सदस्य झविन्द्र ज्ञवाली, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष सरिता दहाल,आदीवासी जनजाती महासंघका पुर्व अध्यक्ष तिर्थ वहादुर थापा, वनउपभोक्ता महासंघका जिल्ला अध्यक्ष साधुराम चौलागाई, डेक नेपालका परियोजना निर्देशक कोपिला डङ्गोल,माईती नेपालका माया लामालगायतको उपस्थिती रहेको डेक नेपालका कार्यक्रम संयोजक मानबहादुर वाइवाले बताए ।