मकवानपुर । आँचल साहित्य कला पुञ्ज मकवानपुरले मसिक नियमित भेटघाट जुममार्फत भर्चुअल गरेकाे छ । संस्थाले साे अवसरमा मकवानपुरमा कृयाशील पत्रकार तथा कवि शुभलक्ष्मी प्रभाका पाँच कविता सुनेकाे बताइएकाे छ ।
कवि प्रभाकाे कविता माथी अन्तरक्रिया तथा काव्य गाेष्ठी कार्यक्रम आयाेजना गरेकाे छ । आँचल साहित्य कला पुञ्जकी संस्थापक अध्यक्ष मुना अर्यालकाे प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार शान्ति प्रियवन्दना, देवकी तिमल्सिना, नीरा शर्मा, अनिता अर्याल नेपाल, सविता तिमल्सिना, भवानी तिमल्सिना, अर्चना दाहाल, एलिजा पुडासैनी, ज्याेत्सना श्रेष्ठ, बगेकी गंगा, अनु राेक्का, शुभद्रा हुमागाई, चण्डिका गाैतम लगाएतले रचना वाचन गरेका थिए ।
पुञ्जले हरेक महिनाकाे तेस्राे शनिबार गर्ने साे कार्यक्रममा महिला साहित्यकारहरू मात्र सहभागी गराउँदै कार्यक्रम गर्दै आइरहेकाे संस्थाकी सचिव भावना सापकोटाले बताईन । कार्यक्रम संस्थाकी कार्यवाहक अध्यक्ष अनिता न्याैपानेकाे सभाधक्ष्यतामा कार्यक्रम भएको हाे ।