चितवन । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक महिलाको मृत्यु भएको छ।
चितवन मेडिकल कलेजको कोभिड सघन कक्ष (आइसीयू) मा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको शुक्रबार दिउँसो पौने २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
ती महिलाको गएराति मात्रै डा.शितल अधिकारी र डा.दयाराम लम्सालको टिमले प्लाज्मा थेरापीबाट उपचार सुरु गरेको थियो।