मकवानपुर । हेटौंडा ६ का क्यान्सर पीडित राजकुमार दाहाललाई दाहाल प्रतिष्ठानले आर्थिक सहयोग गरेको छ । मुखको क्यान्सर भएका दाहाललाई प्रतिष्ठानले ८५ हजार रुपँया सहयोग गरेको हो ।
दाहाल प्रतिष्ठानको ‘कम अप विथ हन्ड्रेड’ अभियान तथा दाहाल बन्धुहरु मार्फत संकलन गरिएको रकम क्यान्सर पीडित दाहाललाई हस्तान्तरण गरिएको दाहाल प्रतिष्ठान मकवानपुरका अध्यक्ष सिताराम दाहालले जानकारी दिए ।
प्रतिष्ठानले ‘कम अप विथ हन्ड्रेड’ अभियानबाट २५ हजार,रामहरि दाहाल नालाबाट २५ हजार र योगेन्द्र दाहालबाट २५ हजार गरि ७५ हजार संकलन गरि पीडित दाहाललाई सहयोग गरेको हो । यस अघि पनि प्रतिष्ठानले नगद १० हजार सहयोग गरेको थियो । यो संगै प्रतिष्ठानले पीडित दाहाललाई ८५ हजार रुपँया सहयोग गरेको हो ।
रकम हस्तान्तरण कार्यक्रममा दाहाल प्रतिष्ठान केन्द्रिय सदस्य रिपेश दाहाल , दीपक दाहाल , प्रकाश दाहाल , बागमती प्रदेश अध्यक्ष शिबहरी दाहाल,जिल्ला शाखा समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।