नेपाल आयल निगमले फेरि पेट्रोलको मूल्य बढाएको छ । निगमले मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रति लिटर २ रूपैयाँले बढाएको हो । अघि साउन ३२ गते निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको थियो ।
निगमले डिजल मट्टितेल, हवाइ इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य केही हेरफेर भएर आएका कारण पेट्रोलको मूल्य बढाइएको निगमले जनाएको छ ।
