मकवानपुर / मकवानपुरका युवा कलाकार भूपेन्द्र रानाले अभिनयमा पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । मकवानपुर भिमफेदीका आशिष अस्लामीको स्वरमा तयार ‘तिम्रो माया’ बोलको गीतमा रानासँगै मकवानपुरकी रीता केसीले अभिनय गरेका हुन् ।
भूपेन्द्र र रीताले यस म्युजिक भिडियो मार्फत् मोडलिङमा डेब्यु गरेका हुन् । एजे टीम हेटौंडाका अजय वाइबाको निर्देशन एवम् सम्पादनमा भिडियो तयार पारिएको हो । मकवानपुरको दामन, चित्लाङ, राक्सिराङलगायतका क्षेत्रमा भिडियो छायांकन गरिएको जनाइएको छ ।
भिडियोको कथावस्तु भने गायक अस्लामीले नै तयार गरेका हुन् । भिडियोमा अस्लामीको समेत अभिनय रहेको छ । आफ्नो विशेष चाखको विषय रहेको भन्दै गायक अस्लामीले यो क्षेत्रमा निरन्तरताको लागि मेहनत गरिरहेको बताए । “मलाई सुझावसँगै हौसला पनि दिनुहोस्” गायक अस्लामीले भने ।