काठमाडौं । एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाइ प्राप्ति पश्चात आइतबारबाट एकीकृत वित्तीय कारोबारको शुरु गरको छ। बैंकको नाम “एनएमबि बैंक लि.” नै रहने छ भने रजिष्ट्रर्ड/मुख्य कार्यालय साविककै बबरमहल काठमाडौंमा रहेको छ। अब बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड रुपैयाँ तथा जगेडा कोषको आकार ७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।
एकीकृत वित्तीय कारोवारको थालनीसँगै, एनएमबि बैंककोे सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्रान्ड (चिनारी) समेत बलियो रुपमा स्थापति हुने जनाइएको छ। जसले सहरोन्मुख र ग्रामीण क्षेत्रका जनतामा वित्तीय पहुँच पुर्याउने बैंकको दिगोको लक्ष्य प्राप्त गर्न सरोकारवालाहरुसंगको सहकार्यलाई अघि बढाउन मद्दत गर्ने बताइएको छ।
कञ्चन डेभलपमेन्ट बैंकसङग प्राप्ति पश्चात बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ।