काठमाडौं । मिस नेपालसमेत रहेकी सृष्टिले पनि म्युजिक भिडियोको मोडलिङमा आफूलाई व्यस्त बनाउन थालेकी छिन् । यही क्रममा उनले अभिनय गरेको ‘साँझ’ बोलको भिडियो बिहीबार सार्वजनिक भएको छ ।
भिडियोमा उनले निराजन प्रधानसँग स्क्रिन सेयर गरेकी छिन् । रोमान्टिक फ्लेवरको यो गीतमा दिनेश शंकरले शब्द, संगीत र स्वर भरेका छन् भने भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा सानो मिस अन्डरस्ट्यान्डिङले पर हुन लागेको जोडीलाई मायाले नै फर्काएको कथा पेश गरिएको छ । उज्वल जोशीको कलर, सम्पादन र छायांकन रहेको गीतलाई नोभिया शंकरले निर्माण गरेकी हुन् ।
लकडाउन हुनुअघि अभिनेत्री श्रेष्ठ सौगात मल्लसँगै ‘तीन जन्तु’ फिल्मको सुटिङ गरिरहेकी थिइन् । लकडाउनले सुटिङ बीचैमा बिथोलेपछि सृष्टिको दैनिकी सामाजिक सञ्जालमा खुम्चिएको थियो । तर, सरकारले लकडाउन खुकुलो गरेसँगै म्युजिक भिडियो निर्माणमा तीव्रता आएको छ ।
हेर्नुहाेस ‘साँझ’ काे म्युजिक भिडियाे