मकवानपुर । आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बिशेष अभियानको रुपमा संचालन गरिरहेको बागमती प्रदेश प्रहरीले आफुलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने र आर्थिक प्रलोभनमा परी अनियमितता गर्ने ६ जना प्रहरीलाई मंलगवार निलम्बन गरिएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटाैडाबाट खटिएको बिषेश प्रहरी टोलीले सेवाग्राहीसंग रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई साउन २१ गते नियन्त्रणमा लिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटाैडाका सुचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाले बताउनु भयाे । निलम्बनमा पर्नेहरूमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ५ जना र जिल्ला प्रहरी कार्यालय काभ्रेका कार्यरत १ जना गरी ६ जना प्रहरी कर्मचारीहरुलाई सवारी चालकसंग विभिन्न वहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएकोमा उनीहरुको सम्बन्धमा थप छानविन गर्न हाललाई निलम्बन गरिएको हो ।
निलम्बन पर्नेमा २ जना प्रहरी हवल्दार र चार जना प्रहरी जवान रहेकाे प्रहरी निरीक्षक थापाले जानकारी दिनु भयाे । जिल्ला प्रहरी कार्यालय सिन्धुली र सो अन्तर्गतका कार्यालयमा कार्यरत प्रह राजकुमार श्रेष्ठ, प्रह डोर बहादुर कार्की, प्रज कुमार बाबु सिंह, धिरेन्द्र साह, राम कुमार थापा र जिल्ला प्रहरी कार्यालय काभ्रे अन्तर्गतको ईप्रका मंगलटारमा कार्यरत प्रज नबिन बहादुर थापालाई निलम्बन गरीएको हो ।निलम्बनमा पर्ने प्रहरी कर्मचारीजिल्ला प्रहरी कार्यालय सिन्धुली, ईलाका प्रहरी कार्यालय भिमान, खुर्कोट, मंगलटार,प्रहरी चौकी ढुंग्रेबास र अस्थायी ट्राफिक प्रहरी पोष्ट भिमानमा कार्यरत रहेका थापाले बताउनु भयाे ।
निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक बिज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मुल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टाक्स फोर्स गठन गरिएको समेत प्रहरी निरीक्षक थापाले बताउनु भयाे ।
अभियान अन्तर्गत हालसम्म सेवाग्राहीसंग आर्थिक प्रलोभनमा पर्ने एक जना प्रहरी निरीक्षक सहित ११ जना प्रहरी कर्मचारी निलम्बित भैसकेका छन भने डियुटीमा ईमान्दारीता प्रर्दर्शन गर्ने २५ जना प्रहरी कर्मचारी पुरस्कृत भैसकेका छन ।
१ जना प्रहरी कर्मचारी पुरस्कृत
यसै गरी डियुटीमा बसेका प्रहरी कर्मचारीलाई बिभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई घुस वापतको रकम सहित पक्राउ गरी कानुनी बमोजिम कारवाहीको दायरामा ल्याउने १ जना प्रहरी कर्मचारीलाई मंगलबार बागमती प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको छ थापाले जानकारी दिनुभयाे ।आर्थिक प्रलोभनमा नपरी आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा अस्थायी ट्राफिक प्रहरी पोष्ट भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार ओम नारायण महतो रहेका छन ।
डियुटीमा बसेका प्रहरीलाई बिलबुक भित्र ३०० रुपैया राखी प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि घुस वापतको रकम र बलेरो गाडी चालक समेतलाई नियन्त्रणमा लिई कार्बाहीको लागि बुझाएका प्रहरी हबल्दारलाई पुरस्कृत गीएको हो । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने बोलेरो चालकलाई नियमानुसार जरिवाना गरिएको छ ।