मकवानपुर। मकवानपुर प्रहरीले १२ केजी चरेश सहित ३ जनालाई पक्राउ गरेको छ । मकवानपुरका थाहा नगरपालिका ७ को खर्कबाट चन्द्रागिरी नगरपालिका जाँदै गरेको प्रदेश नम्बर ३-०३-००१ ह ०२५९ नम्बरको अटो बाट चरेश सहित ३ जनालाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ ।
चरेश सहित फेला परेको अटोमा सवार थाहा नगरपालिका ७ महादेव खर्कका ३० वर्षिय शुभराज घलान, थाहानगर कै छापटोलका ३३ वर्षीय नारायण सिं मुक्तान र थाहा नगरकै फेदीगाँउ देउरालीका ४७ वर्षिय अटो चालक कृष्ण बहादुर गुरुङलाई पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ परेकाहरुलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म दण्ड सजाय हुनसक्ने मकवानपुर प्रहरीले जनाएको छ ।