घरको मूलढोकामा नागको चित्र टाँसेर आज नागपञ्चमी मनाएकाे छ । श्रावण शुक्ल पञ्चमीका दिन बिहानै घर दैलो सफा गरी शुद्ध गरेर मूलढोकामाथि विभिन्न रंग प्रयोग गरी बनाइएको नागको चित्र गोबरले टाँसेर गाईको दूध र दुवो चढाई पूजा अर्चना गर्ने परम्परा छ ।
पौराणीक कथन अनुसार नागलाई सहकालको देवताको रूपमा मानिन्छ । नाग प्रसन्न भएमा पानी पर्छ भन्ने विश्वास गरिन्छ । त्यसैले पानीको मुल फुट्दा पानीसँगै कहिलेकाहीँ नागहरू पनि देखिन्छन् । हाम्रो समाजमा नागसम्बन्धी विभिन्न कथा कहानीहरू सुन्न पाइन्छ । यदि पानीको मुहान वरपर फोहर गरेमा घाउ खटिरा आउँछ भन्ने मान्यता रहेको छ । त्यसैले नागलाई विशेषरूपमा पुजिन्छ । यसरी नागको पूजा गर्दा अगस्त्य, पुलस्त्य ऋषिहरूलाई पनि सम्झना गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । साधारणरूपमा नागका अनन्त, बासुकी, पद्य, महापद्य, तक्षक, कुलीर कर्कोट र शङ्क
गरी ८ प्रकारमा हुन्छन् भनिएको छ ।
प्रकृतिको विशेष प्राणीको रूपमा नागलाई मानिन्छ । सामान्यतः नाग र सर्प उस्तै जस्तो लाग्दछ । कतियपले दैविक शतिm भएको नाग र दैवी शतिm नभएको सर्प मान्दछन् । यस्तै नागको पुच्छर सर्पको भन्दा बोधो हुन्छ भनी बुढापाकाहरू भन्दछन् । नागको रड्डको आधारमा सेते नाग तथा कालिनाग भनेर नामकरण गरिएको पनि सुनिन्छ ।
धार्मिक हिसाबले अत्यन्तै महत्वपूर्ण मानिने प्राणीको रूपमा परिचित नागलाई वैज्ञानिक दृष्टिकोणले पनि विशेष मानिन्छ । नाग र सर्पहरूले वातावरणमा फैलिएको विषलाई खिचेर लिन्छन् र वातावरण सफा राख्न मद्दत गर्दछन् । साउन शुक्ल पञ्चमीमा नागलाई विशेषरूपमा पूजा गरिन्छ ।
हाम्रो धर्म संस्कृति, परम्पराले पनि वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ । यी नै कुरालाई मध्यनजर गर्दै साउन शुक्ल पञ्चमीमा नागको विशेष पूजा गरिन्छ । आ–आफनो घरको मूल ढोकामा गाईको गोबरले नागको तस्वीर टाँसी दुबो, दूध इत्यादिले विधिपूर्वक पूजा गरिन्छ । त्यसैले नाग पञ्चमीलाई सह अस्तित्वको पर्वको रूपमा मनाइन्छ ।