विश्वमा धेरै प्रतिभा भएका मानिसहरु छन् । जसले अनौठो कार्य गरेर विश्वलाई नै चकित पार्दै नौलो कीर्तिमान राखेका छन् । विश्व कीर्तिमान राखेका मानिसहरुले पत्याउनै मुस्किल पर्ने कार्य गरेर नयाँ रेकर्ड पनि राखेका छन् ।
यस्तै भारतका एक युवकले अनौठो कार्य गरेर विश्वलाई नै चकित पारेका छन् । भारतको केरलाका नेचर एमएसले ६० हजार माहुरी आफ्नो शरीरमा बसाएर विश्व कीर्तिमान राखेका छन् । उनले ६० हजार माहुरीलाई ४ घण्टासम्म शरिरमा बसालेका छन् ।
उनले सानै उमेरदेखी आफ्नो शरिरमा माहुरी बसाल्दै आएका थिए । पहिलो पटक उनको हातमा रहेको रानी माहुरी खोज्दै त्यसलाई जोगाउनका लागि ठूलो संख्यामा कर्मी माहुरीहरु उनको हातमा झुमिएका थिए ।
त्यसपछि उनले टाउकोमा रानी माहुरी राखेर बिचार गरे । एकछिनमै माहुरीहरु आएर अनुहरभर बसे । माहुरीले सामान्य अवस्थामा मानिसलाई नचिल्ने बताइएको छ । एजेन्सीकाे सहयाेगमा